एक अर्काको ओठ चुमेका आर्यन र मरिष्काको चुम्बन अनुभव

आउँदो शुक्रबार फिल्म ‘के म तिम्रो होइन र’ रिलिज हुँदैगर्दा नेपाली दर्शकले अनि फिल्म उद्योगले दुई नयाँ अनुहार पर्दा भेट्दैछ । सार्वजनिक ट्रेलरकै कारण एक्सन दृश्यले चर्चामा आएका अभिनेता आर्यन अधिकारी र उनीसँगै अपोजिटमा रहेकी अभिनेत्री मरिष्का पोख्रेल ।

ट्रेलरमा देखिएको आर्यनको सिक्स प्याक शरीर र एक्सन, अनी मरिष्काको अभिनय र आकर्षक फिगरका कारण यी दुइलाई दर्शकले नोटिस गरिसकेका छन् । जसको कामबाट निर्देशक आकाश अधिकारी पनि सन्तुष्ट छन् अनि फिल्म चल्नेमा आसावादी पनि छन् ।

यो फिल्मसँग जोडिएको फिल्मको अर्को पाटो हो आर्यन र मरिष्काको लीप किस । फिल्म भित्र ५ वटा यस्ता किस छन् जहाँ ३ वटा त लिप किस नै । आकर्षक ढंगले चुम्बनको दृश्यलाई पर्दामा उतारेका निर्देशक अधिकारीको वाक्यमा सबै दर्शकको लागी फिल्म पुर्ण मनोरञ्जनको खुराक हो ।

चुम्बनकै कुरा गर्दा एक अर्कासँग लीप किस गरेका आर्यन मरिष्काको वुझाइमा दुबै गुड किसर हुन् रे । मिडियामाझ दुबैजना एक स्वरमा तारिफका शब्दसहित भेटिए । आर्यनलाई मरिष्काले राम्रो किसरको रुपमा संज्ञा दिइन् । आर्यनले पनि मरिष्कालाई राम्रो किसर सम्झिए ।

वैशाख ३१ गते नेपाली र हिन्दी फिल्म नभएकाले पनि यो फिल्मले देशभरका ठूला र राम्रा हल पाउने आशा गरिएको छ ।  मल्टिप्लेक्सदेखि सिंगल थिएटरसम्म फिल्मले राम्रो शो पाउने निर्देशक आकाशले बताएका छन् ।