भारतले विराटनगरको फिल्ड कार्यालय हटाउन मानेन

काठमाडौं–०६५ मा कोसी कटानको समयमा तत्काल उद्योग व्यापारमा सहजीकरण गरी आवश्यक सुविधा पुर्याउन पूर्वका उद्योगी व्यापारीको आग्रहमा विराटनगरमा भारतीय दूतावासको फिल्ड कार्यालय स्थापना गरिएको थियो । तर, त्यो प्रयोजन सकिएपछि पनि भारतले सो कार्यालय हटाउन मानेको छैन् । फिल्ड कार्यालय हटाउन नेपाल सरकारले  दूतावासलाई परिपत्र गरेको थियो । परराष्ट्रमन्त्रालयले गरेको परिपत्रलाई वेवास्ता गर्दै भारतले नियमविपरीत विर्वाध रुपमा फिल्ड कार्यालय सञ्चालन गरिरहेको छ । कोशी कटानकोे बेला फिल्ड कार्यालय स्थापना गरिए पनि हाल सो समस्या समाधान भइसकेको छ । फिल्ड कार्यालयले के के काम गर्छ र कति कर्मचारी छन् भन्ने विषयमा कुनै जानकारी गराइएको छैन । फिल्ड कार्यालयबारे जानकारी लिन खोज्दा त्यहाँका अधिकारीले जे जानकारी चाहिएको भएपनि आफ्रनै देशको परराष्ट्रमन्त्रलयबाट लिन आग्रह गरेको छ ।