मेरो नाममा वर्त बसेको हुनाले मेरो कान्छी श्रीमती बन्छु भनेर स्वीकारेको थियो ।
अभिनेत्री गौरी मल्लले जापानमा आफुमाथि यौन हिंसा भएको बताएकी छिन् । कलाकार मल्लले जापानमा बस्दै आएका अनोज शाक्यले आफुमाथि शारीरिक तथा मानसिक दुर्व्यवहार एवं यौन हिंसा भएको बताएकी छिन्।उनले न्यायका लागि गुहार माग्दै नेपाली दूतावासमा उजुरी दिएको बताएकी छिन।यसै बीच अनोज शाक्यले आफ्नो फेसबुकमा मल्ल संग खिचेको फोटो सार्बजनिक गर्दै स्टाटसमा विभिन्न आरोप लगाएर गौरी मल्ल माथि चुनौती पेश गरेका छन् । उनले कलाकार मल्ल माथि जापानी नक्कली बिहे गरेको, पैसा ठगि र क्यामेरा चोरीको आरोप समेत लगाएका छन्। उनले आफ्नो स्टाटसमा गौरी मल्लले कान्छी श्रीमती बन्छु भनेर स्वीकारेको कुरा पनि लेखेका छन् ।




